Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वस्थ्यसचिवसँग हेल्थ असिस्टेन्टहरुको के छ माग ?



सरकारले स्थानीय निकायमा स्वास्थ्य संस्थाको संयोजक सहायक कर्मचारी पदीय रुपमा कनिष्ट कर्मचारीलाई बनाई पठाएको विरोधमा हेल्थ असिस्टेन्ट संघ नेपालले स्वास्थ्य सचिवलाई ज्ञापनपत्र बुझाएको छ ।

स्वास्थ्य सचिव डा किरण रेग्मीलाई आज स्वास्थ्य मन्त्रालयमा भेटी संघमा गाउँ, नगर, उपमहानगर तथा महानगरपालिका स्वास्थ्य संयोजक तथा अन्य कर्मचारी खटाउँदा सेवा प्रवेश गर्दाको पद, तह, सेवा प्रवेश गर्न चाहिने न्यूनतम् शैक्षिक योग्यताजस्ता मूलभूत विषयलाई ख्याल गरिनुपर्ने माग गरिएको छ ।

ज्ञापनपज्ञ बुझ्दै सचिव रेग्मीले कर्मचारी खटाउने क्रममा नमिलेको विषय पुनः समायोजन गर्ने बताउनुभएको छ ।

हेल्थ असिस्टेन्ट संघ नेपालका कावा अध्यक्ष दीर्घबहादुर बोगटीले मन्त्रालयको यस्तो निर्णयले माथिल्लो तहबाट सेवा प्रवेश गरेका कर्मचारीको मनोबलमा गिरावट आएको र यसरी खटाएको कर्मचारीबाट गर्नुपर्ने
(व्यवस्थापकीय कमजोरी भएको बताउनुभयो ।

संघले स्थानीय निकाय स्वास्थ्य सेवाका कर्मचारी काजमा खटाउँदा संयोजक छनोट गर्दाको जस्तै सहायक कर्मचारीको पनि छनोटका आधार तोकिनुपर्ने मागसमेत राखेको छ । रासस

प्रतिक्रिया दिनुहोस्