Logo
|
Friday 26th April 2024
Logo

epaper

प्रा.डा.मोहनराज शर्माको अध्यक्षतामा नेसोनको नयाँ कार्यसमिति



न्युरो सर्जनहरुको छाता संगठन नेप्लिज सोसाइटी अफ न्युरो सर्जन’ (नेसोन) मा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ न्यूरो सर्जन प्राध्यापक डाक्टर मोहनराज शर्माको अध्यक्षतामा ११ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको छ । नेसोनको उपाध्यक्षमा डा. कृष्ण शर्मा, महासचिवमा डा. प्रबिण श्रेष्ठ र कोषाध्यक्षमा डाक्टर समिर आचार्य निर्वाचित हुनुभएको छ । यसैगरी सहसचिवमा डा. अमित थापा र सदस्यहरुमा डाक्टर बालगोपाल कर्माचार्य, डाक्टर सुमित जोशी, डाक्टर प्रवेशराज भण्डारी, डाक्टर रेशा श्रेष्ठ, डाक्टर राजकुमार केसी र डाक्टर सुरज थुलुङ्ग निर्वाचित हुनुभएको छ ।

नेसोनद्धारा राजधानीमा आयोजित एक कार्यक्रबीच पूर्व अध्यक्ष प्राध्यापक डाक्टर गोपाल रमण शर्माले नयाँ कार्यसमितिलाई नेसोनको सम्पूर्ण जिम्मेवारी सुम्पिनुभएको छ ।
ब्रेन र स्पाइनल कर्डको शल्यक्रिया न्यूरो सर्जरीअन्तर्गत पर्ने भएकाले मुलुकमा रहेका करिब ४० जना न्यूरो सर्जनलाई कामको चाप छ । तर नेपालमा ब्रेन र स्पाइनल कर्डका कति बिरामी छन् ? भन्ने सन्दर्भमा कूल आँकडा छैन ।

पछिल्लो समय रोग पहिचानसँगै सेवा लिन आउने न्यूरो समस्या भएका बिरामीहरुको संख्यामा पनि बृद्धि भएको छ । विगतमा डायग्नोसिस नभईकन धेरेको मृत्यू हुने गर्दथ्यो । दुई दशक अघिसम्म ५० प्रतिशत न्युरो शल्यक्रियाका लागि विदेश जाने गर्दथे । तर अहिले यो घटेर ५ प्रतिशतमा झरेको सम्बन्धित न्यूरो सर्जनहरु बताउँछन् । ‘मुलुकमा न्यूरो सर्जरीका लागि आवश्यक पर्ने धेरै टेक्नोलोजी भित्रिसकेकाले धेरै बिरामीले विदेश जान पर्दैन—वरिष्ठ न्यूरो सर्जन प्रा.डा. गोपाल रमण शर्मा बताउनुहुन्छ ।’ विदेशको सरह मुलुकमा अत्याधुनिक प्रविधि र क्षमतावान जनशक्तिका कारण विदेशको तुलनामा स्वदेशमा ५ गुणा कम मूल्यमा शल्यक्रिया सेवा उपलब्ध हुने प्रा.डा शर्माको दावी छ ।

न्यूरो शल्यचिकित्सा मेडिटेसन हो । यसमा धैर्यता, क्षमता र ज्ञानको निकै जरुरत पर्छ । त्यसैगरी न्यूरो सर्जरी नयाँ टेक्स बुक पनि हो । यसमा प्रत्येक पटकको शल्यक्रियामा नयाँ कुरा भेटिरहेको हुन्छ । वरिष्ठ न्यूरो शल्यचिकित्सक प्रा.डा. मोहनराज शर्मा भन्नुहुन्छ—‘प्रत्येक बिरामी र प्रत्येक शल्यक्रिया हाम्रा लागि नयाँ पाठ हुन्छ । ’
न्यूरो सर्जरी विश्वमै सर्जरीमध्येको कठिन विधा हो । त्यसैले धेरै चिकित्सकहरु यो विधातिर जान रुचाउँदैनन् । यो शल्यचिकित्सामा आँट र धैर्यता चाहिन्छ । न्यूरो शल्यचिकित्सा विधामा न्यूरो सर्जन फिल्मको सुपरम्यान हो । उनीहरु जहाँ पनि जतिखेर पनि तयार हुनुपर्छ र असाध्यै परिश्रम गर्नुपर्छ । वरिष्ठ न्यूरो सर्जन डाक्टर वसन्त पन्त भन्नुहुन्छ—‘एक मिनेटको तलमाथिले बिरामीको ज्यान जानसक्छ ।’
मस्तिष्क शरीरको महत्वपूर्ण अंग हो । यसको तौल करिब १.५ के.जी.को हुन्छ । एउटा हातखुट्टा नभएपनि मान्छे बाँच्न सक्छ । तर ब्रेन बिना कोही पनि बाँच्न सक्दैन । यति धेरै महत्वपूर्ण विधा भएर पनि न्यूरो समस्यालाई सरकारले प्राथमिकतामा राखेको छैन । न्यूरो सर्जरीमा कुनै पनि बजेट छुट्याइएको पनि छैन ।

प्रतिक्रिया दिनुहोस्