Logo
|
Friday 29th March 2024
Logo

epaper

चिकित्सक र नर्सलाई सिपिआर तालिम



काठमाडौंको कलंकीस्थित नेपाल नेशनल हस्पिटलले चिकित्सक, नर्स, कर्मचारी एवं कलंकी क्षेत्रका स्थानीयबासी र प्रहरीहरुलाई सिपिआर ट्रेनिङ अर्थात आधारभुत जीवन रक्षा तालिम उपलब्ध गराएको छ ।
सो अवसरमा आकस्मिक अवस्था एवं दुर्घटनामा परी अचेत भएका व्यक्तिहरुलाई सिपिआर दिने तरिकाका बारे सैद्घान्तिक तथा प्रयोगात्मक दुवै प्रशिक्षण दिइएको थियो । यस तालिमले आफूलाई निकै नै लाभ भएको र आवश्यक अवस्थामा यस दक्षताको प्रयोग गर्ने आत्मविश्वास वढेको अनुभव कार्यक्रममा उपस्थित सहभागीहरुले व्यक्त गरेका छन् । यस प्रकारको तालिम क्रमशः आम समुदायसम्म पुग्नुपर्छ भन्दै आउँदा दिनहरुमा पनि सक्दो सहयोग र समन्वय गर्ने अस्पतालका निर्देशक डा. प्रकाश पौड्यालले वताउनुभयो ।


सो अवसरमा काठमाडौँ महानगरपालिकाका वडा नम्बर १४ का वडा अध्यक्ष श्रीमती शोभा सापकोटाले यस प्रकारको तालिमलाई अझ धेरै व्यक्तिहरुको ज्ञानभित्र पार्न स्थानीय निकाय हरेक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
अधिकांश देशहरुमा यस प्रकारको जीवन रक्षा गर्ने तालिम १८ वर्ष नाघेका प्रत्येक नागरिकले दिने गरिन्छ । सो कार्यक्रममा अस्पतालले प्रत्येक महिना झैँ आश्विनको उत्कृष्ट कर्मचारीका रुपमा डा. रुक्सना तुम्रोकलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्