Logo
|
Wednesday 27th November 2024
Logo

epaper

मिर्गौला फेर्न रु २४ लाख संकलन



 दुवै मिर्गौला बिग्रिएर उपचारका क्रममा रहेका मेचीनगर झापाका २९ वर्षीय जगत तामाङको सहयोगका लागि रु २४ लाखभन्दा बढी रकम संकलन भएको छ ।

भारतको भेलोरमा मिर्गौला प्रत्यारोपणका लागि शनिबार जानुभएका तामाङको सहयोगार्थ ‘जगत तामाङ बचाउ समिति’ले सो रकम संकलन गरेको हो ।

जगतलाई रकम हस्तान्तरण गरेर भेलोर पठाइसकेको समितिका संयोजक पंकजविक्रम नेम्वाङले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका उहाँलाई आवश्यक उपचार गर्न सहयोग जुटाउन मेची उद्योग वाणिज्य संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ संयोजक र गोपाल बस्नेत सदस्यसचिव रहेको करिब एक दर्जन सदस्य रहने गरी समिति गठन गरिएको थियो ।

समितिले मुलुकभित्र र बाहिरका नेपालीबाट सहयोग रकम संकलन गरेर रु २४ लाख ६८ हजार बैंकमा जम्मा गरेको थियो । सोही रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।
जगत तामाङलाई उहाँकै कान्छी बहिनी हिरा तामाङले एउटा मिर्गौला दान गर्नुहुने भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्