Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य सम्बन्धि कार्यसम्पादनमा सुर्खेत उष्कृष्ठ



स्वास्थ्यसम्बन्धित कार्यसम्पादनमा यस वर्ष सुर्खेत जिल्ला उत्कृष्ठ भएको छ । स्वास्थ्य मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा सुर्खेत उत्कृष्ठ घोषित भएको हो ।

गत वर्ष दोस्रो स्थान हाँसिल गर्न सफल सुर्खेत यस वर्ष गत वर्षको तुलनामा अंक कम ल्याएपनि पहिलो भएको छ । गत वर्ष ९०.५४ नम्बर ल्याएर दोस्रो भएको सुर्खेत यसवर्ष ८९.५४ नम्बर ल्याउन सफल भएको छ । त्यो भन्दा बढी अरु जिल्लाले ल्याउन सकेनन् ।

गत वर्ष पहिलो भएको अछाम जिल्ला यस वर्ष दोस्रो भएको छ । गत वर्ष ९२.३७ अंक ल्याएको अछामले यसबर्ष ८८.४ अंक ल्याएको छ । यसैगरी गतबर्ष १० औं स्थानमा रहेको प्यूठान जिल्ला ८६.२ अंक ल्याएर यसबर्ष तेस्रो स्थान प्राप्त गरेको छ ।

गत बर्ष ८६.१८ अंक ल्याएको थियो । प्रदेशको मूल्यांकनमा एक नम्बर प्रदेशमा झापा, दुई नम्बरबाट पर्सा, तीनबाट ललितपुर, ४ बाट कास्की, ५ बाट प्यूठान, ६ बाट सुर्खेत र ७ नम्बरबाट अछाम जिल्ला उत्कृष्ठ भएका छन् । स्वास्थ्य मन्त्रालयले बर्षभरी दिएको कार्यसम्पादनका आधारमा उत्कृष्ठता छुट्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्