Logo
|
Friday 26th April 2024
Logo

epaper

कृत्रिम हातखुट्टा शिविरबाट ३५ लाभान्वित



 बेनीमा दुई दिनसम्म सञ्चालित कृत्रिम हातखुट्टासम्बन्धी शिविरमा ३५ जनाले सेवा लिएका छन् ।

सडक दुर्घटना, विभिन्न रोगका कारण हातखुट्टा गुमाएकाको दैनिकी, आवश्यकता र प्रयोगमा देखिएको समस्यालाई केन्द्रित गरी सञ्चालन गरिएको शिविरमा म्याग्दी, बागलुङ, पर्वतका सेवाग्राही लाभान्वित भएका छन् ।
बेलायतमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था (मोना) यूके, एनआरएनए यूके र बेनी अस्पतालको आयोजनामा सोमबार र मंगलबार आयोजित शिविरमा कलिला बालबालिकादेखि वृद्धवृद्धाले सेवा लिएको बेनी अस्पतालका क्लिनिकल प्रमुख डा धीरेन मल्लले बताउनुभयो ।

बेनी अस्पतालमा आयोजित शिविरमा दुई दशकदेखि एउटै कृत्रिम खुट्टाको प्रयोग गरेका, आर्थिक अवस्था कमजोर भएर कृत्रिम खुट्टासमेत प्रयोग नगरेका बिरामी आएका थिए ।

अफ्रिकी मुलुक हाइटीमा कृत्रिम हातखुट्टा उत्पादन तथा जडानसम्बन्धी प्रोजेक्टमा कार्यरत एलेक्स, फिजियोथेरापिष्ट एवं अर्थोपेडिक विशेषज्ञ स्टेफीलगायत पाँचजनाको टोलीले हातखुट्टामा देखिएको समस्या, प्रयोग गर्ने तरिकाका साथै नापजाँच गरेका थिए ।

शिविरमा कृत्रिम खुट्टाको प्रयोगमा आवश्यक पर्ने अभ्याससमेत गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्