Logo
|
Sunday 28th April 2024
Logo

epaper

निधिको स्वास्थ्यवस्था बुझ्न प्रधानमन्त्री ओम अस्पतालमा



प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारत काँग्रेस एवं पूर्व प्रधानमन्त्री एवं गृहमन्त्री बिमलेन्द्र निधिको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ । आज अस्पताल पुगेर प्रधानमन्त्री देउवाले नेता निधिको स्वास्थ्यलाभको कामना गर्नुभएको हो । आजै काँग्रेस महामन्त्री डा.शशांक कोइरालाले पनि निधिको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ ।
धुलो धुँवाका कारण श्वास फेर्न असहज महसुस भएपछि गत सोमबारदेखि निधि अस्पताल भर्ना हुनुभएको छ । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार निधि चुनावी अभियानका क्रममा जिल्लातिर हुनुहुन्थ्यो ।
अस्पतालका पेटरोग विशेषज्ञ डाक्टर राहुल पाठक र छाति रोग विशेषज्ञ डाक्टर सुवोधसागर ढकालको टिम निधिको उपचारमा संलग्न भएको अस्पतालका अध्यक्ष डाक्टर भोला रिजालले जानकारी दिनुभयो ।
केही दिन अस्पतालमा रहेर निधिले आराम गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्