Logo
|
Sunday 5th May 2024
Logo

epaper

नर्भिकका दुई डाक्टर १ महिनाका लागि निलम्बन



नेपाल मेडिकल काउन्सिलले नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत दुई डाक्टरलाई १ महिनाका लागि निलम्बन गरेको छ ।

देब्रेको ठाउँमा दाहिने घुँडाको शल्यक्रिया गरेर बिरामीसँग आत्मसमर्पण गरेका चिकित्सक द्धय डा. प्रवीण नेपाल र डा. शैलज रञ्जितकारलाई एक महिनाका लागि काउन्सिलले निलम्बन गरेको हो ।

काउन्सिलको इथिकल कमिटीले गरेको छानबिनमा दुवै डाक्टर दोषी ठहरिएका छन् । उनीहरुले एक महिनासम्म चिकित्सकीय सेवा प्रदान गर्न पाउने छैनन् ।

चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरिएको भन्दै शल्यक्रियामा संलग्न डा प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारले परिवाससँग गल्ती स्वीकार गरी अस्पतालले बिरामीका आफन्तसँग स्वीकार गरी बिरामी पौडेलको दुवै खुट्टाको निःशुल्क उपचार गर्ने, विज्ञ चिकित्सकका आधारमा सबै उपचार अस्पतालले गरिदिने र बिरामीको घुँडाको उपचार नेपालमा सम्भव नभए विदेश लगेर गर्ने र खर्च अस्पतालले व्यहोर्ने सहमति अस्पतालले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्