Logo
|
Sunday 12th May 2024
Logo

epaper

मेरुदण्ड पक्षघातबाट पीडितलाई रु एक लाख सहयोग



कुश्मा नगरपालिका–२ खुर्काटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बन्दै अएका माधव गिरीलाई अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले रु एक लाख पाँच हजार आर्थिक सहयोग गरेका हुन् । सकारात्मक परिवर्तनका लागि हातेमालो अभियानअन्तर्गत पर्वत र छिमेकी जिल्लाबाट अमेरिका पुगेका प्रवासीसँंग संकलन गरिएको रकम प्रतिनिधिसभाका सदस्य पदम गिरीले घरमै पुगेर हस्तान्तरण गर्नुभयो ।

२०७२ साल चैतमा घर नजिकैको बारीमा मकै लगाउन खेत जोत्न लाग्दा गोरुले हानेर लडेका ३२ वर्षीय गिरीको परिवार अहिले सहाराविहीन छ । गिरीले ज्यालामजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आउनुभएको थियो । गिरीको उपचारमा रु चार लाखभन्दा बढी खर्च भएको छ ।

कर्मचारी संगठनले लियो ४ वर्षीय बालकको अभिभावकत्व

नेपाल निजामती कर्मचारी संगठन पर्वतले आर्थिक हिसाबले विपन्न परिवारका एक ४ वर्षीय बालकको अभिभावकत्व लिएको छ । संगठनको २८औँ स्थापना दिवसका अवसरमा कुश्मा नगरपालिका–७ गोदामका ४ वर्षीय आकाश पुरीको अभिभावकत्व ग्रहण गरेको हो ।

विद्यालय शिक्षामा सम्पूर्ण दायित्व बहन गर्ने जिम्मेवारी लिँदै संगठन पर्वतका अध्यक्ष मीनप्रसाद श्रेष्ठले आकाश पुरीलाई स्थानीय युवा वर्ष आधारभूत विद्यालयमा भर्ना गर्नुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्