Logo
|
Sunday 28th April 2024
Logo

epaper

ब्लड क्यान्सर पीडित बालकलाई बचाउन अभियान



 इलाम नगरपालिका–४ बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरेलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन् ।

एक महिनादेखि ब्लड क्यान्सर पीडित बालक घिमिरेलाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका हुन् । एक महिनाअघि सामान्य बिरामी भएपछि उनलाई झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ब्लड क्यान्सरबाट पीडित बनेको पत्ता लागेको हो । ऋतिकको उपचारका लागि सहयोग जुटाउन ‘ऋतिक बचाउ समिति’ गठन गरिएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको र भरतपुर क्यान्सर अस्पतालले ऋतिकको उपचारका लागि रु ३० लाख लाग्ने बताएपछि समिति गठन गरी आर्थिक सहयोग संकलन समिति गठन गरिएको समितिका सचिव नारायण घिमिरेले बताउनुभयो ।

सचिव घिमिरेका अनुसार समितिले आर्थिक सहयोग संकलनका लागि प्रभु बैंक, इलाममा खाता खोली बुधबारदेखि आर्थिक सहयोग संकलन शुरु गरेको छ ।

उनको उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिले प्रभु बैंक इलामको खाता नम्बर १३२०१००१०१२६६००००००१ मा रकम जम्मा गरेर सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्