Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य पत्रकार दिपक दाहाललाई ‘रोटरी जोर्नो अवार्ड २०१८’



नागरिक दैनिकका सोसाइटी व्युरो प्रमुख दीपक दाहाल ‘रोटरी जोर्नो अवार्ड २०१८’बाट सम्मानित हुनुभएको छ ।

पत्रकारिताको उज्वल नक्षत्रका रुपमा स्थापित दाहाललाई स्वास्थ्य क्षेत्रमा पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै रोटरी  क्लवले सम्मान गरेको हो ।

पत्रकार महासंघका महासचिव रमेश विष्ट तथा क्लवका डिस्ट्रिक गभर्नर सञ्जय गिरी लगायतका पदाधिकारीले नगद तथा कदर पत्रबाट दाहाललाई सम्मान गर्नुभएको थियो । दाहाल डेढ दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।

उहाँसँगै पत्रकार मकर श्रेष्ठ, राधा चालिसे, बिनु पोखरेल, बसुन्धरा गौतमसमेतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्