Logo
|
Saturday 27th April 2024
Logo

epaper

डा. उपेन्द्र देवकोटाको विद्युतीय शवदाहमा भयो अन्त्यष्टी



स्वर्गीय वरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

उहाँलाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिनुभएको थियो । उहाँको विद्युतीय प्रणालीबाट शवदाह गरिएको थियो ।
प्रा.डा. देवकोटालाई श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकहरुको ठूलो संख्या पशुपति आर्यघाट पुगेका थिए ।

सोमबार निधन भएका प्रा.डा. देवकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म बाँसकारीको न्युरो हस्पिटलमा राखिएको थियो ।

उहाँलाइई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्