Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. उप्रेतिको नाम काटेर प्रा.उमाकान्तको नाम सिफारिस



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा नयाँ नाम सिफारिस गरेको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पहिलाको नाम हटाएर बोर्डको अध्यक्षमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्रका प्राध्यापक उमाकान्त प्रसादको नाम सिफारिस गर्नुभएको छ ।
यस अघि स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. शेनेन्द्रराज उप्रेतिको नाम सिफारिस गरियको थियो । स्वास्थ्य बिमा ऐन अनुसार पहिलो पटक अध्यक्ष नियुक्त गर्न लागिएको हो ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सिफारिस गरेको डा. उप्रेतिको नाम हटाएर मन्त्री यादवले आफु निकटका प्राध्यापक प्रसादको नाम मन्त्री परिषदमा पठाउनु भएको हो । आगामी मन्त्रीपरिषदको बैठकले निर्णय गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्