Logo
|
Friday 26th April 2024
Logo

epaper

सडक दुर्घटनामा परेर घाइते भएकाहरुको उपचार राज्यले निशुल्क गर्नुपर्ने



सडक दुर्घटनामा परेर घाइते भएका विरामीहरुको उपचार राज्यले निशुल्क गर्नुपर्ने भएको छ ।
समयमा उपचार नपाउदा सडक दुर्घटनामा परेका घाइतेहरुको मृत्यु भइरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले सडक दुर्घटनामा परि घाइते भएकाहरुको उपचारको जिम्मा राज्यले लिनुपर्ने स्पष्ट पारेको छ । सडक दुर्घटनाका घाइतेहरुको निशुल्क उपचारका लागि प्रि हस्पिटल केयरको दयित्व निर्बाह गर्न गत मंसिरमा स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव अघि बढाइएको थियो ।

सडक दुर्घटनामा घाइते भएका मानिसहरुको उपचार सरकारले निशुल्क गर्नुपर्ने वीर अस्पतालका ईमर्जेन्सी विभाग प्रमुख डा. भोलाराम श्रेष्ठले बताउनुभयो । दक्षिणपुर्वि एसियाली राष्ट्र थाइल्यण्डमा दुर्घटना दर बढि भएपनि मृत्यु हुने दर ज्यादै कम रहेको छ । थाइल्यण्डमा दुर्घटना स्थलमै स्वास्थ्यसेवा दिने गरिन्छ । नेपालमा पनि स्वास्थ्य मन्त्रालयले प्रि हस्पिटल केयरको दायित्व निर्वाह गर्नुपर्ने जरुरी देखिन्छ ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्