Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपाल मेडिसिटी र महालक्ष्मी विकास बैंक बिच सहकार्य गर्ने सम्झौता



ललितपुरको भैँसेपाटि स्थित नेपाल मेडिसिटी अस्पताल र महालक्ष्मी विकास बैंक बिच सहकार्य गर्ने सम्झौता भएको छ ।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र महालक्ष्मी विकास बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।
नेपालकै गुणस्तरिय सेवा प्रदान गर्ने अस्पताल अग्रणी अस्पतालको सेवामा महालक्ष्मी बैंकका कर्मचारी र सेवाग्राहिले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । अस्पतालका महाप्रबन्धक विजय रिमालले कर्पोरेट क्षेत्रका व्यस्त मानिसहरुका लागि अस्पतालले कार्यक्षेत्रमै विशेष स्वास्थ्य सेवा प्रदान गर्न तयार रहेको बताउनुभयो । वन डे विथ कर्पोरेट केयर जस्ता कार्यक्रमलाई महालक्ष्मी विकास बैंकमा पनि सञ्चालन गर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै अस्पतालका विभिन्न अभियानमा बैँकले समर्थन र सहकार्य गर्ने प्रमुख कार्यकारी अधिकृत लामिछानेले बताउनुभयो । खासगरि बैंकका भिसा डेबिट र क्रेडिट कार्डका उपझोक्ताका लागि यो सेवा विशेष रुपमा लागु हुनेछ । बैकले सामाजिक उत्तर दायित्वका रुपका गर्दै आएका गतिविधिमा नेपाल मेडिसिटीले साथ दिनेछ ।

प्रतिक्रिया दिनुहोस्