Logo
|
Saturday 27th April 2024
Logo

epaper

स्वास्थ्य राज्यमन्त्रीमा डा. यादब नियुक्त



डा. सुरेन्द्र यादब स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री के.पि. शर्मा ओलीको नेतृत्वमा आज बसेको मन्त्रिपरिषदको बैठकले डा. यादबलाई नियुक्त गरेको हो । संघीय समाजवादी फोरमका संसद डा. यादब चिकित्सक समेत हुनुहुन्छ ।
त्यस्तै स्वास्थ्य राज्यमन्त्री रहेकी पद्मा अर्याललाई भूमी व्यवस्था मन्त्रीमा बढुवा गरिएको छ । रिक्त रहेको कानुन मन्त्रालयमा नेकपाका सांसद भानुभक्त ढकाललाई जिम्मेवारी दिइएको छ । शेरबहादुर तामाङले राजिनामा दिएपछि ढकाल कानुन मन्त्री बन्नुभएको हो ।
जिम्मेवारी पाएका सबै मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्