Logo
|
Sunday 5th May 2024
Logo

epaper

नेपाल डाइटिसियन संघको नयाँ कार्यसमिति गठन




नेपालमा कार्यरत सम्पुर्ण पोषणविदहरुको एक मात्र छाता संगठन नेपाल डाइटिसियन संघको कार्यकारी समितिको पुर्णगठन भएको छ ।

नेपाल डाइटिसियन संघको कार्यकारी समितिको अध्यक्षमा त्रि बि शिक्षण अस्पतालमा कार्यरत सिनियर डाइटिसियन नानी शोभा शाख्य अध्यक्ष पदमा निवार्चित हुनु भएको छ । यसैगरि बिनिता पन्त महासचिव, रश्मी श्रेष्ठ उपाध्यक्ष, मिलन ढकाल सचिव, कविता महर्जन कोषाध्यक्ष, रेनु यादव सह–कोषध्यक्ष , सदस्यहरुमा मोदनाथ पौडेल, चन्द्रमणि पौडैल, शान्ता अस्थानी , एलिना गिरी र विपिन कार्की हुनुहुन्छ । निवार्चित सदस्यहरुलाई भुपु कोषाध्यक्ष सुधा डंगोलले खादा ओडाएर बधाई दिनु भएको थियो ।

उक्त अवसरमा कन्टिन्युइङ न्युट्रिसन एजुकेशन अन्तर्गतको केयर अफ दि रेनल पेसेन्ट शीर्षकमा कार्यक्रम पनि सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमा देशका विभिन्न स्थानमा कार्यरत ५३ जना डाइटिसियनको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुमेरु अस्पतालका डा. नविन  र सिनियर डाइटिसियन नानी शोभा शाख्य र रोजीना विष्टले मिर्गाैला रोग र डाइट सम्बन्धी प्रस्तुति दिनु भएको थियो ।
बि.सं २०६७ सालमा स्थापना भएको नेपाल डाइटिसियन संघले आहार तथा पोषणको क्षेत्रमा अतुलनिय योगदान दिदैँ आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्