Logo
|
Saturday 27th April 2024
Logo

epaper

क्यान्सर बिरामीको पीडा सरकारले खै बुझेको ?



नेपाल अर्वुद रोग निवारण संस्थाले आफ्नो स्थापनाको ३६ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा मन्त्री यादवले नेपाल अर्वुद रोग रोग निवारण संस्थाले सञ्चालन गरेको भक्तपुरस्थित भक्तपुर क्यान्सर हस्पिटललाई उपकरण खरीदमा सहुलियत दिने बताउनुभयो । उहाँले क्यान्सरका बिरामीलाई उपचारमा राज्यले ९० प्रतिशत सहुलित दिने अवधारणा ल्याउने गृहकार्य भइरहेकोसमेत जानकारी गराउनुभयो । मन्त्री यादवले सिराहामा बन्नलागेको क्यान्सर केयर सेन्टरमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


नेपाल अर्वुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ‘इश्वर’ ले क्यान्सर उपचारका लागि सरकारले प्रदान गर्दै आएको १ लाख रुपियाँ अपुग भएको जानकारी गराउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपहार स्वरुप दिने भनिएको रेडिएन मेसिन ‘कोवाल्ट—६० भावा ट्रोल’ अस्पतालमा व्यवस्थापन गर्न ‘वंकर’ अभावका कारण रोकिएको बताउनुभयो । अस्पतालमा वंकर निर्माण गर्न करिब ४ करोड जति रुपियाँ खर्च हुने भएकाले सरकारले आवश्यक सहयोग गरेमा अस्पतालमा क्यान्सर उपचारमा करिब १५ हजार रुपियाँ पर्ने रेडिएन सेकाइ सेवा अब करिब २ हजार भन्दा कम शुल्कमा बिरामीले प्राप्त गर्नेसमेत स्पष्ट पार्नुभयो । यो सेवा लिन निजी अस्पतालमा क्यान्सरका बिरामीहरुले १ देखि डेढ लाख रुपियाँसम्म तिर्दै आएका छन् । अध्यक्ष श्रेष्ठले अघिल्लो सरकारले निर्णय गरेको क्यान्सर बिरामीहरुका लागि दिने भनिएको मासिक ५ हजार रुपियाँ जीविकोपार्जन भत्ता नियमित गर्नसमेत आग्रह गर्नुभयो । उहाँले नेपाल अर्वुद रोग निवारण संस्थाले ललितपुरको धापाखेलमा ५ रोपनी जग्गामा निर्माण भइरहेको क्यान्सर बिरामीहरुका लागि सुविधासम्पन्न विश्रान्दी गृह (हस्पिस) मा आवश्यक सहयोग गर्नसमेत मन्त्री यादवलाई आग्रह गर्नुभयो । सो अवसरमा नेपाल चिकित्सक संघका अध्यक्ष मुक्ति श्रेष्ठले भक्तपुर क्यान्सर हस्पिटललाई व्यवस्थित र सुविधासम्पन्न बनाउन राज्यले आवश्यक सहयोग गरेमा गरिब र विपन्न क्यान्सरका बिरामीलाई अझ सहुलियत पुग्ने सुझाब दिनुभयो ।
नेपाल अर्वुद रोग निवारण संस्थाका पूर्व अध्यक्षहरु दिवाकर राजकर्णिकार र कर्ण शाक्यले आफू र आफ्नो परिवारमा क्यान्सर हुँदाको पीडा बुझेर राज्यस्तरबाट संवेदनशीलता देखाइनिुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल क्यान्सर उपचारमा उत्कृष्ठ योगदान दिने त्रि. वि. शिक्षण अस्पतालकी वरिष्ठ सर्जन प्रा.डा. पलेश्वा जोशी लाखेलाई विशेष सम्मा गरिएको थियो । त्यसैगरी दुर्गाबहादुर श्रेष्ठ उत्कष्ठ शाखा सभापति पदक कास्की शाखाका सभापतिलाई र उत्कष्ठ रनिङ शिल्ड सिराहा शाखालाई प्रदान गरिएको थियो । गोमादेवी बराल पदक भने रोटरी क्लव अफ बागमतिले प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस्