Logo
|
Saturday 27th April 2024
Logo

epaper

नेपाल मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबिच सम्झौता



ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी र ललितपुरमै अवस्थित गणेशमान मेमोरियल अस्पतालबिच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन स्वास्थ्य संस्थाको समन्वय पनि बलियो हुन आवश्यक रहेको नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले बताउनुभयो । अस्पताल र अस्पतालबिचको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस सम्झौतालाई अगाडि सारेको उहाँले बताउनुभयो । सम्झौतापत्रमा अस्पतालबिच सहकार्य गर्ने र जटिल रोगको उपचारमा एक अर्काले साथ दिने जस्ता कार्य उल्लेख गरिएको छ ।
खासगरि, प्रविधि, पुर्वाधार र चिकित्सकिय दृष्टिकोणमा अग्रणी भूमिका खेलीरहेको नेपाल मेडिसिटी अस्पतालसंग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले खुशी व्यक्त गर्नुभयो ।

अरबौ रकम खर्चीएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न र गराउन प्रेरित गराउन यो एक महत्वपूर्ण अभियान हुनेछ । सम्भव भएका उपचार गणेशमान मेमोरियल अस्पतालमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसंग सहकार्य हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्