Logo
|
Saturday 27th April 2024
Logo

epaper

एक वर्ष बितिसक्दा पनि जिल्ला अस्पताल गोरखाको भवन निर्माण कार्य सुरु हुन सकेन



जिल्ला अस्पताल गोरखाको भवन निर्माण कार्य एक वर्ष वितिसक्दा पनि सुरु हुन सकेको छैन ।
भुकम्पले क्षति पु¥याएपछि जीर्ण बन्दै गएपछि अस्पतालको भवन निमार्णको जिम्मा एक वर्ष अगाडिनै जर्मन डेभलपमेन्ट बँैक (केएफडब्लु) ले लिएको थियो । तर, अस्पतालले ठाउँ उपलब्ध गराउन नसक्दा भवन निर्माणको काम सुरु हुन नसकेको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक प्रनय उपाध्यायले बताउनुभयो ।
‘भूकम्प पश्चात गोरखा, रसुवा, जिरी र रामेछापको चार वटा अस्पताल भवन बनाउन दश मिलियन डलर दिने सम्झौता केएफडब्लुले अर्थ मन्त्रालयसँग गरेको थियो,’ उहाँले भन्नुभयो, ‘तर अस्पतालले ठाउँ उपलब्ध नगराएकै कारण काम सुरु हुन सकेको छैन ।’

स्थानीय निकायसँगको समन्वयमा ठाउँ खाली गर्नका लागि स्वास्थ्य मन्त्रालयले पत्र पठाएपनि अस्पतालले चासो नदिएको उनको आरोप छ । उहाँले भन्नुभयो – ‘भवन निर्माणका लागी अस्पतालले ठाउँ क्लियर गरिदिनुपर्छ, तर पत्र पठाएको ६ महिनासम्म पनि केही वास्ता गरेका छैनन ।’
पुरानो भवन भत्काएर ठाउँ उपलब्ध गराउन मन्त्रालयले रकम नदिएका कारण समस्या भएको अस्पतालले जनाएको छ । ‘पुरानो भवन भएकै ठाउँमा नया भवन बनाउने हो, ठाउँ खाली गर्न भवन भत्काउनुप¥यो, भत्काउनु अघि फेरि भइरहेको सेवा दिनका लागि अन्यत्र व्यवस्था गर्नुप¥यो, यो सबैका लागी पैसा चाहियो नी त ।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताउनुभयो ।

उहाँका अनुसार मन्त्रालयले पैसा उपलब्ध नगराएकोले भवन भत्काएर ठाउँ खाली गर्न सकिएको छैन । ‘अस्पतालको नयाँ बन्ने भवनको नक्सा पास भइसकेको छ, भत्काउने र बनाउने काम त एउटै प्रोजेक्ट भित्र पर्छ, भत्काउनका लागी पनि पैसा दिनुर्पयो नी ।,’ डा. तिवारीले भन्नुभयो ।
नयाँ भवन निर्माणका लागी हाल अस्पतालमा रहेको इमरजेन्सी, अपरेशन थ्रियटर, ल्याव वाहेका अन्य भवनहरु भत्काइने अस्पतालले जनाएको छ ।
करिब २० देखि ३० करोडको लागतमा ५० शैयाको भवन निर्माण हुने सम्झौता भएको छ । जिल्लाका अस्पतालमा रहने सबै सामाग्री र आवश्यक सेवाका लागि सबै कक्षसहितको भवन निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्