Logo
|
Sunday 28th April 2024
Logo

epaper

प्रधानमन्त्रीको उचार मनमोहन कार्डियोमा हुँदै, अवस्था सामान्य भएको जानकारी



त्रि.वि.शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य भएको जनाइएको छ ।
केही समयदेखि अस्वस्थ्य हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना गरेर उहाँको उपचार भइरहेको छ । स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीलाई अस्पताल लगिएको र उहाँको स्वास्थ्य अवस्था जटिल नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताउनुभएको छ ।
प्रधानन्त्री ओलीको उपचारमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, वरिष्ठ नेफ्रोलोजिष्ट प्रा.डा. दिव्या सिंह, छाति रोग विशेषज्ञ डा. सन्तदासलगायतका टिम संलग्न हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई १—२ दिन अझै अस्पतालमा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्