Logo
|
Sunday 28th April 2024
Logo

epaper

प्रधानमन्त्री ओलीको छातिमा संक्रमण, शरीरमा चिनीको मात्रा असन्तुलन, स्वास्थ्यमा क्रमिक सुधार



त्रि.वि.शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान आफूलाई भेट्न पुग्नुभएको नेता माधव कुमार नेपालसँग आफूले लगाएको मास्क खोलेर भन्नुभयो—मलाई अहिले ठीक छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको र अरु स्वास्थ्य स्थिति सामान्य रहेको प्रेस विज्ञप्ती मार्फत सेन्टरले जानकारी गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सेन्टरका कार्यकारी निर्देशक एवं वरिष्ठ कार्डियो भास्कुलर सर्जन प्रा.डा.उत्तम कृष्ण श्रेष्ठले भन्नुभयो—प्रधानमन्त्री ओलीको छातिमा संक्रमण देखिएको तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको हुँदा उहाँलाई कात्तिक १२ गते बिहान ४.३० बजे सेन्टरमा भर्ना गरिएको हो ।’
उहाँका अनुसार, अहिले उहाँको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको छ । उहाँको अरु स्वास्थ्य स्थिति सामान्य रहेको छ । प्रधानन्त्री ओलीको उपचारमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, वरिष्ठ नेफ्रोलोजिष्ट प्रा.डा. दिव्या सिंह शाह, छाति रोग विशेषज्ञ डा.सन्तदासलगायतका टिम संलग्न हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई १—२ दिन अझै अस्पतालमा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्