Logo
|
Saturday 4th May 2024
Logo

epaper

मिर्गौलापीडितलाई आर्थिक सहयोग,



दुवै मिर्गौलापीडित डिलबहादुर सार्की (नेपाली) लाई यहाँको राष्ट्रिय भूमि अधिकार मञ्चले उपचारार्थ रु ३५ हजार १५५ उपलब्ध गराएको छ ।

पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित उहाँको निवासमा पुगी बुधबार उक्त मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले सो रकम प्रदान गर्नुभयो । निर्माण व्यवसायी नेपालीको गत चैतमा उच्च रक्तचापका कारण दुवै मिर्गौलाले काम गर्न छाडेपछि अहिले फिष्टेल अस्पतालमा उपचार गराइरहनुभएको छ । पचारका क्रममा अहिलेसम्म रु चार लाख खर्च भइसकेको बताउँदै उहाँकी श्रीमती सुमित्रा नेपालीले सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्