Logo
|
Sunday 5th May 2024
Logo

epaper

निर्मला पन्त हत्याकाण्डको दोषी पत्ता लगाउन डा. के.सी.को ३ हप्ते अल्टिमेटम (विज्ञप्ती सहित)



त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा. डा. गोविन्द केसीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यामा संलग्न दोषी पत्ता लगाई कारबारी गर्न सरकारसँग आग्रह गरेका छन् ।
मेडिकल शिक्षा सुधारका लागि सरकारले आफूसँग गरेका सम्झौता कार्यन्वयनका लागि दबाव दिने उद्देश्यले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डा. के.सी.ले भने—आगामी पुस २ गतेसम्म माग पूरा नभएमा सत्याग्रहको विकल्प छैन ।
डा. के.सी.ले १५ औं सत्याग्रहका क्रममा २०५५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्व्यन गर्नुपर्ने, सम्झौता बमोजिम अक्षरस संशोधन गरेर संसदबाट अबिलम्ब चिकित्सा शिक्षा ऐन पारित गरिनुपर्ने, गौरीबहादुर कार्की नेतृत्वको जाँच बुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.बि. पदाधिकारीलगायतका व्यक्तिहरुलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गर्नुपर्ने, त्रि.बि. पदाधिकारीहरुद्धारा चिकित्सा शिक्षा अध्ययन संस्थानको खोसिएका अधिकारहरु पुनः संस्थानमै फिर्ता गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रूत गतिमा अघि बढाइनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरिनुपर्ने माग गरेका छन् ।
यसैगरी डा. के.सी.ले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्धा चलाइनुपर्ने, प्रमाण लोप गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्धा चलाइनुपर्नेलगायतका माग गरेका छन् ।
नेपाल सरकारको निर्णयको उल्लघंन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिइने दोषी पदाधिकारी माथि कारबाही गरिनुपर्ने डा. के.सी.ले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्