Logo
|
Friday 17th May 2024
Logo

epaper

नोबेल अस्पतालका सञ्चालक डा.शर्मा सम्मानित



स्वास्थ्य र शिक्षा क्षेत्रमा मुलुककै सबैभन्दा बढी कर तिर्न सफल विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा सुनील शर्मालाई आज मोरङको शनिश्चरेमा सम्मानित गरिएको छ । 

पथरी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनकातर्फबाट क्याम्पस प्रमुख चेतन पौडेल र स्वावियू सभापति गोपाल साँवाले उहाँलाई सम्मानित गर्नुभएको हो । डा शर्माले सञ्चालन गरेको नोबेल अस्पतालले मुलुककै सबैभन्दा बढी कर तिरेर उदाहरणीय काम गरेकाले सम्मान गरिएको स्ववियू सचिव रोशन पराजुलीले बताउनुभयो ।

अस्पताललाई केही दिनअघि आन्तरिक राजश्व विभागले काठमाडौँमा समेत सम्मान गरेको थियो । सम्मानित डा शर्माले पथरी क्याम्पसमा व्यवस्थापन सङ्कायमा अध्ययनरत एक उत्कृष्ट विद्यार्थीलाई चार्टर एकाउण्टेन विषयमा निःशुल्क पढाइदिने प्रतिबद्धता जनाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्