Logo
|
Saturday 4th May 2024
Logo

epaper

स्टार हस्पिटल र ज्योति बिकास बैँक बिच सहकार्य



ललिपुरको सानेपा स्थित स्टार हस्पिटल र ज्योति बिकास बैँक बिच सहकार्य गर्ने सम्बन्धको सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा ज्योति बिकास बैँकका तर्फबाट बैँकका डिपुटी जेनरल म्यानेजर शुसिल कुमार शर्माले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार स्टार हस्पिटलले ज्योति बिकास बैँकका ग्राहक तथा कर्मचारीहरु लाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने छ ।
छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैँकको प्रिभिलेज कार्ड, डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ । साथै अस्पतालले क्रिस्मस डे तथा अङग्रेजी नयाँ वर्षलाई लक्षित गरी आर्कषक छुटका साथ फेस्टिभ हेल्थ प्याकेज सेवा संचालन गरिरहेको अस्पतालका व्यवस्थापक हरि ढकालले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्