Logo
|
Monday 6th May 2024
Logo

epaper

स्टार हस्पिटल र लायन्स क्लब बिच सहकार्य गर्ने सम्झौता



ललितपुरको सानेपा स्थित स्टार अस्पिटल र लायन्स क्लव इन्टनेसनल डिस्ट्रिक ए२, एमडि ३२५, नेपाल बिच सहकार्य गर्ने सम्झौता भएको छ ।
स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा लायन्स क्लबका तर्फबाट क्लबका डिस्ट्रीक गभर्नर लायन सुदर्सन धर प्रधानाङ्गले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार स्टार हस्पिटलले लायन्स क्लबका सदस्यहरुलाई तथा क्लब सदस्यका परिवारलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने भएको छ । छुट सुविधा प्राप्त गर्न क्लबका सदस्यहरुले आधिकारीक परिचय पत्र देखाउनुपर्नेछ । साथै अस्पतालले आगामी दिनहरुमा पनि सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्था संग निरन्तर सहकार्य गर्दै जाने अस्पतालका व्यवस्थापक हरि ढकालले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्