Logo
|
Sunday 28th April 2024
Logo

epaper

स्टार हस्पिटल र नबिल बैँक बिच सम्झौता



ललितपुरको सानेपा स्थित स्टार हस्पिटल र नबिल बैँक बिच सहकार्य गर्ने सम्झौता भएको छ । स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा नबिल बैँकका तर्फबाट बैँकका रिटेल बिजनेश प्रमुख निरज शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार स्टार हस्पिटलले नबिल बैँकका ग्राहक, कर्मचारी तथा कर्मचारीहरुको परिवारलाई हस्पिटलमा स्वास्थ्य जाँच तथा भर्ना भई उपचार गराउँदा हस्पिटलले लिदैँ आएको नियमित शुल्कमा आकर्षक छुट प्रदान गर्ने छ । छुट सुविधा प्राप्त गर्न सेवाग्राही तथा कर्मचारीहरुले बैँकको प्रिभिलेज कार्ड, डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ ।
उच्च लक्ष्य तथा उद्देश्यहरुका साथ अघि बढिरहेको स्टार अस्पतालले आफ्नो स्थापनाको छोटो अवधिमा नै विशिष्ठ पहिचान बनाउन सफल भएको छ । अस्पतालले सर्वसुलभ दरमा उत्कृष्ट स्वास्थ्य सेवा, वरिष्ठ चिकित्सक तथा अत्याधुनिक मेशिन र उपकरणद्वारा प्रदान गर्दै आइरहेको छ । बिरामीको स्वास्थ्य प्रति सजग स्टार अस्पतालले अत्याधुनिक उपकरण तथा विशेषज्ञ सेवाहरुको दायरा फराकिलो बनाउँदै, निम्न, मध्यम तथा उच्च वर्गिय जनता प्रति समान र सहज रुपमा यथासक्य सहुलियत दरमा विश्वस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्व रहेको अस्पतालका व्यवस्थापक हरि ढकालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्