Logo
|
Sunday 28th April 2024
Logo

epaper

सिभिल क्यापिटल मार्केट र नेपाल मेडीसिटी अस्पतालबीच सम्झौता



ललितपुरको भैँसेपाटीमा अवस्थित नेपाल मेडीसिटी अस्पताल र सिभिल क्यापीटल मार्केटबीच शुक्रबार विशेष सम्झौता भएको छ ।
नेपाल मेडीसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल तथाल सिभिल क्यापीटलका कार्यकारी सिइओ सुमन आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार अब क्यापीटल मार्केटमा संलग्न हुन चाहँने मेडीसिटीका कर्मचारीहरुलाई सिभिल क्यापीटल मार्केटले ५० प्रतिशत सम्मको सहुलियत प्रदान हुने भएको छ । त्यस्तै अस्पतालको सेवामा सिभिल क्यापीटल मार्केटका कर्मचारी तथा सेवाग्राहिलाई अस्पतालले उपचारमा विशेष सहुलियत प्रदानगर्ने छ ।
देशका व्यवसायिक संस्थाहरु सँग सहकार्य गरी हरेक क्षेत्र तथा भुभागका नेपालीहरुको स्वास्थ्य उपचारमा संलग्न भई स्वस्थ राष्ट्र निर्माण गर्ने उद्धेश्यले यो सम्झौतापत्रमा हस्ताक्षर गरीएको अस्पतालका महाप्रबन्धकविजय रिमालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्