Logo
|
Saturday 27th April 2024
Logo

epaper

जिप्रकाको शौचालयको दुरवस्था



नुवाकोटको मुख्य प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालयमा व्यवस्थित शौचालय नहुँदा सेवाग्राही मर्कामा परेका छन् । दैनिक ५०० भन्दा बढीको भीड रहने सो कार्यालयको शौचालय सरसफाइ नगरिँदा सर्वसाधारण दुर्गन्ध मर्का परेको छ ।
“छोराको नागरिकता बनाउन आको, पिसाब लाएर शौचालय गएको थिएँ बाहिरबाट त राम्रो सानो भवनै जस्तो देखिने चिटिक्कको थियो, भित्र जाँदा त के हेरिसाध्य रैछर”, सेवाग्राही निर्मला वस्तीले बताउनुभयो ।
निर्मला मात्र हैन छोरीको नागरिकता बनाइदिन आएका कृष्ण वस्ती पनि दिसा गर्न जाँदा शौचालय फोहोर भएपछि र पानीको अभाव देखेपछि बाहिर होटलबाट मिनिरल वाटर किनेर दिशा गर्न गएको बताउनुहुन्छ । कार्यालयका कर्मचारीका लागि सो कार्यालयभित्रै शौचालयको व्यवस्था भए पनि नागरिकलाई भने शौचालय जान ठूलै समस्या छ ।
प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा भन्नुहुन्छ, “सरसफाइमा कमी त भएको होला, दिनकै सयौँको ओहोदोहोर हुने कार्यालय प¥यो, प्यान भित्र पनि मानिसहरुले अनेक ढुङ्गाहरु हाल्दिन्छन्, कहिले धारा नै भाँिचदिने गरेर धेरै पटक सुधारेका पनि हौँ, अब प्यान सबै भरिएको छ, त्यसलाई खोल्न हामीले मान्छे पनि खोजिरहेका छाँै, शौचालय चाँडै सुधारमा आउँछ । प्रशासन कार्यालयमा महिला, पुरुष र अपाङ्गमैत्री गरी नौ शौचालय भए पनि सबै भरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्