Logo
|
Sunday 5th May 2024
Logo

epaper

स्वास्थ्य सेवामा भ्याट छूट (परिपत्रसहित)



सरकारले कुनै पनि स्वास्थ्य संस्थामार्फत चिकित्सक एवं स्वास्थ्यकर्मीले सेवाग्राहीलाई प्रदान गरेको स्वास्थ्य सेवा एवं परामर्श सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) छूट गरेको छ ।
आन्तरिक राजश्व विभाग नीति विश्लेषण शाखाले स्वास्थ्य सेवामा मूल्य अभिवृद्धि कर छुट सम्बन्धमा ठूला करदाता र मध्यमस्तरीय करदाता कार्यालय, सबै आन्तरिक राजश्व कार्यालय र सबै करदाता सेवा कार्यालयहरुमा पठाएको पत्रमा सो कुरा उल्लेख छ ।
सो पत्रमा मूल्य अभिवृद्धि कर ऐन (संशोधन), २०५२ को अनुसूची १ कर छुट हुने वस्तु तथा सेवाहरुको समूह ५ मा स्वास्थ्य सेवालाई मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवामा समावेश गरेको हुँदा नेपाल सरकारले तोकेको सम्बन्धित परिषद्मा दर्ता भएको चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा रहेर वा नरहेर वा स्वास्थ्य संस्थामार्फत स्वास्थ्य सेवा लिने सेवाग्राहीलाई प्रदान गरेको सेवा एवं परामर्श सेवा स्वास्थ्य सेवा भएकाले यस सेवामा मूल्य अभिवृद्धि कर छूट हुने भन्ने व्यहोराको परिपत्र गर्ने भनी मिति २०७५ पुष १५ मा निर्णय भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्