Logo
|
Sunday 5th May 2024
Logo

epaper

सुरक्षाकर्मीको घेरामा बसेर बिरामी जाँच्दै



सुत्केरीको मृत्युपछि डडेलधुरा अस्पतालमा उत्पन्न तनाव कम भएको छ । असुरक्षा भएको भन्दै सामूहिक राजिनामा दिने हदसम्म पुगेका चिकित्सकहरु सरोकारवालाको आश्वासनपछि काममा फर्किएका छन ।

केही दिनदेखि अवरुद्ध ओपिडि सेवा सोमबारदेखि सुरु गरिएको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताउनुभयो । उहाँका अनुसार चिकित्सकमा त्रास कायमै रहेका कारण बाहिर गोलघरमा सामूहिक ओपिडि सेवा दिन थालिएको छ ।

अस्पतालमा उत्पन्न समस्यापछि स्वास्थ्य मन्त्रालयको छानविन टोली पनि त्यहाँ पुगेको छ भने स्थानीय प्रशासनले सुरक्षाको जिम्मेवारी लिएको छ । डा. कँडेलले भन्नुभयो, ‘प्रशासनले सुरक्षा जिम्मा लिएपछि हामीले सेवा सुरु गरेका छौं । तर, चिकित्सकहरुमा त्रास रहेका कारण छुट्टाछुट्टै कोठाबाट उपचार सेवा दिन सकेनौं ।’

अमरगढी नगरपालिका–६ धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा रक्तश्राव नरोकिएपछि डडेल्धुरा अस्पताल ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको थियो । उनको मृत्युपछि आफन्त आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्