Logo
|
Saturday 4th May 2024
Logo

epaper

मुख शरीरको मुल ढोका : ‘मुल ढोका सफा रहे सम्पुर्ण शरीरनै सफा रहन्छ । ’



मुख भनेको हाम्रो शरीरको मुल ढोका हो । यसलाई सफा राख्न सके सम्पुर्ण शरीरनै सफा रहन्छ । जसरी  मुल ढोका सफा रहँदा घर सफा देखिन्छ ।

आमजनमानसले मुख स्वास्थ्यलाई हेलाको दृष्ट्रिले हेर्ने गरेको पाइन्छ । मुख र मुटु एकअर्कासँग अन्तरसम्बन्धित भएको चिकित्सकहरु बताउछन् ।

यदि कुनै व्यक्तिलाई गिँजा सम्बन्धिसमस्या छ भने त्यसले रक्क्तनलीहरुमा समस्या निम्त्याउन सक्ने वरिष्ठ दन्त रोग विशेषज्ञ डा. निल पाण्डे बताउनुहुन्छ । गिँजाको समस्याले मुटुका समस्याहरु हुन सक्ने विभिन्न अनुसन्धानले पनि देखाएको छ ।

जब मानिस सुत्छन् कुनै न कुनै रुपमा मुखमा रहेका चिजहरु फोक्सो सम्म पुग्ने गर्दछ । त्यसले रोग प्रतिरोधात्मक शक्ति कमजोर भएका मानिसहरुलाई बढि दुःख दिन सक्छ ।

गिँजाको रोग भएका गर्भवती आमामा बच्चा चाँडै जन्मिन सक्ने समस्या देखिन सक्छ । जसले गर्दा बच्चा सानो जन्मने जस्ता जटिल समस्याहरु देखा पर्न सक्ने डा. पाण्डेको भनाइ छ ।

उहाँ भन्नुहुन्छ –‘मधुमेह नियन्त्रण गर्न सके गिँजाको रोग पनि कम हुन्छ । त्यस्तै गिँजाको रोग नियन्त्रण गर्न सकिएको खण्डमा मधुमेह पनि नियन्त्रणमा आउँछ ।’

त्यसकारण दाँत र मुख स्वास्थ्यप्रति ध्यान पु¥याउनुपर्छ । यसलाई स्वस्थ राख्न सके विभिन्न किसिमका रोगहरुबाट बच्न सकिन्छ । राति सुत्नु भन्दा अघि राम्रोसँगब्रस गर्ने बानी बसाल्नुपर्छ । खाना खाएपछि सधैँ मुख कुल्ला गर्नुपर्छ । समयसमयमा दन्त चिकित्सकबाट परामर्श लिनुपर्ने उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्