Logo
|
Saturday 11th May 2024
Logo

epaper

प्रधानमन्त्रीको उपचार सिंगापुरमा, उपचार अझै १० दिनसम्म लम्बिनसक्ने, अवस्था सामान्य



सिङ्गापुरमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अझै १० दिनसम्म लम्बिनसक्ने उहाँका निजी चित्सिकहरुले जानकारी दिएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक वरिष्ठ नेफ्रोलोजिष्ट प्रा.डा. दिव्या सिंहले १० प्रधानमन्त्रीको उपचार १० दिनसम्म लम्बिनसक्ने र उहाँको स्वास्थ्यवस्था सामान्य रहेको बताउनुभएको छ । स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि बिहीबार (६ भदौ २०७५) मा सिङ्गापुर जानुभएका प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा शुक्रबार (७ भदौ २०७५) देखि उपचार सुरु गरिएको छ ।
प्रधानमन्त्री ओलीको मिर्गौलामा ‘एन्टीबडी’को मात्रा बढेकाले प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा उपचार सुरु गरिएको हो । डा. शाहका अनुसार प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस उपचार विधि अझै केही पटक गरिनेछ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको उपचार सुरु गरिएको र स्वास्थ्यस्थिति सामान्य अवस्थामा रहेको भन्दै आइतबार ट्विट पनि गर्नुभएको छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्