Logo
|
Monday 6th May 2024
Logo

epaper

स्विमिङ जाँदा यी कुरा ख्याल गर्नुस्



  •  कम्तीमा पनि एक घन्टाअघि केही नखानुस् । पानी र खाना मिसिएर पेट दुख्न सक्छ ।
  •  शरीरका प्रत्येक अंगमा वाटरप्रुफ सनस्क्रिम÷ सनब्लक प्रयोग गर्नुस् । राम्रो वाटरप्रुफ सनस्क्रिमको प्रभाव पनि पौडी खेल्न थालेको २० मिनेटपछि शरीरमा रहँदैन । त्यसैले मोस्चराइजर पनि प्रयोग गर्दा राम्रो हुन्छ ।
  •  पौडनुअघि नुहाउनुस् । कपाल जोगाउन कन्डिसनर, नरिवलको तेल लगाउनुहोस् र कपाल छोप्न स्विमिङ क्याप प्रयोग गर्नुस् ।
  •  पौडिएर निस्किसकेपछि साबुनपानीले नुहाउनुस् । यसो गर्दा स्विमिङ पुलको पानीमा रहेको केमिकल तपाईंको शरीरबाट निस्कन्छ ।
  •  लामो समयसम्म पानीमा बस्दा तपाईंको छाला सुक्खा हुन सक्छ । त्यसैले नुहाइसकेपछि फेरि शरीरका हरेक अंगमा मोस्चराइजर लगाउनुस् ।
  •  शरीर मज्जाले सुकाएपछि मात्रै कपडा लगाउनुस् । यदि कुनै अंग अझै चिसो छ भने सुक्खा टावेलले पुछ्नुहोस् ।
  •  पौडिएपछि तपाईंलाई भोक लाग्नेछ र डिहाइड्रेसन पनि हुनेछ । त्यसैले खाना खानुअघि पर्याप्त पानी पिउनुस् ।

प्रतिक्रिया दिनुहोस्