Logo
|
Friday 26th April 2024
Logo

epaper

बिहीबार थप २५० सहित मुलुकमा कोरोना संक्रमित ४,६१४ पुगे, ८६१ डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा बिहीबार थप २५० जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै ७२ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ४,६१४ पुगेको छ । यसअघि बुधबार २७९ र मंगलबार ३२३ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसैगरी बिहीबार १८७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ८६१ पुगेको छ ।
मन्त्रालयका अनुसार, नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भएको छ ।

प्रदेश नं १ का १३ जिल्लामा ३०७ जना, प्रदेश नं २ का ८ जिल्लामा १,६७१, वागमती प्रदेशका १२ जिल्लामा १४७ र गण्डकी प्रदेशका ९ जिल्लामा १४७ जना संक्रमित भेटिएको छ । यसैगरी प्रदेश नं ५ का १२ जिल्लामा १,३९९, कर्णाली प्रदेशका ९ जिल्लामा ७५९ र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १९२ जना संक्रमित रहेका छन् ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको संख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ ।
हालसम्म क्वारेन्टाइनमा १ लाख ६२ हजार २१३ जना बसेका छन् भने ३ हजार ७३८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् ।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेशमा र प्रदेश नं. २ मा सर्वाधिक संख्यामा मानिसहरू क्वारन्टीनमा रहेका छन् ।
अहिलेसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९३० जना र आरडीटी विधिबाट १ लाख ७८ हजार १४३ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ५,२६३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्