Logo
|
Thursday 28th March 2024
Logo

epaper

जंक फुड किन कम खाने ? यस्तो छ कारण, जानौँ



little caucasian boy eating burger, looking down

जनस्वास्थ्य सरोकार, काठमार्डाैँ ।  मःम, चाउमिन, बर्गर, पिज्जाजस्ता फास्ट फुड होटेल, रेस्टुरेन्टदेखि फुटपाथसम्म जहाँसुकै सजिलै उपलब्ध हुन्छन् । छिट्टो तयार हुने तथा खाँदा पनि स्वादिलो हुने हुँदा हामीमध्ये अधिकांशले दैनिकजसो फास्ट फुड खान्छौँ । यद्यपि, यसले हाम्रो शरीरमा नकारात्मक असर पु(याइरहेको हुन्छ । त्यसैले, यस्ता चिज खाँदै नाखान असम्भव भए पनि कम गर्न भने सकिन्छ । अब जानौं फास्ट फुड किन कम खाने भन्नबारे 

फास्ट फुडमा फाइबर, भिटामिन र मिनरलजस्ता पोषक तत्वको कमी हुन्छ । कतिपयमा त पोषक तत्वको मात्रा हुँदैन ।

फास्ट फुड धेरै खाने मानिसमा मधुमेह, हृदयाघात, रक्तचापजस्ता रोगको खतरा अरू मानिसको तुलनामा चार गुणा
बढी हुन्छ ।

फास्टफुड खानेमा मोटोपना र पक्षाघात ९स्ट्रोक० को जोखिम धेरै हुन्छ । एक अध्ययनअनुसार विशेषगरी रातको खाना घरमा खाने मानिसलाई बाहिरको खाना खाने मान्छेसँग तुलना गर्दा १५ प्रतिशत कम मधुमेह भएको पाइएको थियो ।

सडक किनारमा पाइने कतिपय खानेकुरा गुणस्तरहीन तेलमा पकाइने गरिन्छ । खानेकुरालाई पटक–पटक तताउँदा ट्रान्स फ्याटको मात्रा बढी हुन्छ ।

सोडियम र सेचुरेटेड फ्याटको मात्रा बढी हुने हुँदा मुटुको रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ ।

डायबिटिज, क्यान्सर, आन्द्रा सुन्निने, डिप्रेसन, दाँतको समस्या, टाउको दुख्नेजस्ता रोग लाग्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्