Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्यमा निजी क्षेत्रको खर्वौ लगानी सुरक्षित गर्न मेरो उम्मेदवारीः बाबुकाजी कार्की



नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं महाधिवेशन मंसीर ११ (भोली) देखि शुरु हुँदैछ । निर्वाचनमा ओम अस्पतालका सञ्चालक समेत रहन्ुभएका बाबुकाजी कार्कीले एसोसियटतर्फ सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । उहाँले चन्द्र ढकाल समुहबाट उम्मेदवारी दिनुभएको हो । कार्की विगत १६ वर्षदेखि उद्योग व्यवसायमा संलग्न रहँदै आउनुभएको छ ।

कार्की ओम हस्पिटल, गौतमबुद्ध मेडिकल कलेज, साउथ वेस्ट्रन स्टेट कलेज, बुढानीलकण्ठ हेरीटेज होटेल लगायत विभिन्न उद्योग व्यवसायमा संलग्न हुनुहुन्छ । कार्कीसंग निर्वाचनका एजेण्डामा केन्द्र्रित रहेर नेपाल हेल्थ न्यूजडटकम र जनस्वास्थ्य सरोकारले गरेको कुराकानीको सारसंक्षेपः

तपाईको उम्मेदवारी किन ?
नेपाल उद्योग वाणिज्य महासंघ उद्योग व्यवसायीहरुको हकहीतका लागि लड्ने संस्था हो । समृद्धिको आधार राज्य, निजी क्षेत्र साझेदार भन्ने मुल नारा लिएर हामी चुनावी मैदानमा उत्रिएका छौं । यस दौरानमा निजी क्षेत्र र सरकारबीच समन्वय गर्दै उद्योग व्यवसायलाई सुरक्षित गर्ने अभिप्राय लिएर अघि बढेका छौं । कोभिड १९ को बेला उद्योग व्यवसायलाई कसरी बचाउन सकिन्छ र बचाउनका लागि सक्षम, सबल नेतृत्वको खाँचो छ । त्यसका लागि उद्योग ब्यवसाय राम्रोसंग बुझेको र राज्यसंग लविङ गर्न सक्ने आफ्ना मुद्धाहरु राज्यसँग राख्न सक्ने नेतृत्वका लागि मैले पनि सदस्यका रुपमा उम्मेदवारी दिएको हुँ ।

मेडिकल क्षेत्रलाई सबल, सक्षम र व्यवस्थीत बनाउने तथा यस क्षेत्रभित्रको समस्या सम्बोधनका लागि राज्यका नीतिगत तहमा पुर्याउने मेरो मुख्य मुद्धा रहनेछ । यस्तै, आर्थीक समृद्धिलाई कसरी टेवा पुर्याउन सकिन्छ भनेर लाग्नेछु । आर्थिक समृद्धि नभएसम्म देशको समृद्धि हुन सक्दैन । उद्योग व्यवसायमैत्रि वातावरण निर्माणका लागि पनि मेरो उम्मेदवारी हो ।

स्वास्थ्य क्षेत्रमा खास समस्याहरु के के रहेका छन् ?
निजी अस्पतालहरुले ७० प्रतिशत योगदान गरेका छन् । राज्यको निजी अस्पतालहरुलाई हेर्ने दृष्टिकोण राम्रो छैन । अर्थात् राज्यले निजी अस्पतालहरुलाई त्यति प्राथमिकता राखेको पाइदैँन । सामान्य रोग लिएर पनि बिरामीहरु नजिकका देशहरुमा जानुपर्ने बाध्यता थियो । तर, केहि वर्षयता स्वास्थ्य क्षेत्रमा पूर्वाधारदेखि जनशक्तीको विकास प्रचुर मात्रामा भएको छ । अहिलेपनि नेपालको स्वास्थ्य क्षेत्रलाई आम नागरीकले पूर्ण रुपमा विश्वास नगरेको यदाकदा देखिन्छ । हाम्रा पनि केहि त्रुटि र असमझदारी हुनसक्छन् । तर, राज्यले अझै क्लियारीटी नदिएको अवस्था छ । सरकारका नियमहरु हामीले मानिरहेका छौं । स्वास्थ्य क्षेत्रपनि समृद्धिको आधार भएकाले यसलाई पनि राज्यले सँगसँगै लिएर जानुपर्छ । राज्यले सुविधा दिन नसकेको स्थानमा निजी क्षेत्र पुगेको छ । अब हामीले गर्ने भनेको लविङ हो ।

मेडिकल क्षेत्र भित्रको समस्या सम्बोधनका लागि राज्यसँग लविङ गर्दै खर्वौ रुपैंयाको लगानी कसरी सुरक्षित गर्ने भन्ने तर्फ पनि मेरो उम्मेदवारी हो । र, संगै बढि भन्दा बढि सेवा आम नागरीकलाई दिने भन्नेमै केन्द्रित रहनेछु ।

सरकार र निजी क्षेत्र बीचको सम्बन्ध सुध्रीन नसक्नुको कारण के हो ?
राज्य भनेको नियमनकारी निकाय हो । निजी क्षेत्रले सेवा प्रवाह पनि गर्छन् । राज्यलाई हामीले थुप्रै क्षेत्रमा योगदान गरेका छौं । आजको दिनमापनि कोभिड १९ को सेवा यदि निजी अस्पतालहरुले नदिएको भए के हुन्थ्यो ? सिमित स्रोत साधनका बीच निजी अस्पतालहरुले सेवा प्रवाह गर्दै आएकाले बिरामीको व्यवस्थापन सहज तरीकाले भएको छ । यस्तो बेला त राज्यले नीजि अस्पतालहरुलाई धन्यवाद दिनुपर्ने हो । राज्यलाई राम्रोसंग थाह छ । तर, राज्यका निकायहरुले निजी क्षेत्रले गरेको योगदानको प्रशंसा गर्न नै चाहदैंनन् । हामीले सक्नेसम्मको सेवा दिइरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्