औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल नियुक्त

जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिनुभएको हो ।
विभागका महानिर्देशक भरत भट्टराईलाई हटाउँदै ढकाललाई जिम्मेवारी दिइएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ।