Logo
|
Saturday 27th July 2024
Logo

epaper

मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति



जनस्वास्थ्य सरोकार, पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पताल र मृतकका परिवारबीच ६ बुँदे सहमति भएको छ। 

उपचारका क्रममा मृत्यु भएकी लमजुङ सुन्दरबजार नगरपालिका–६ की  सुकमाया दुराको परिवार र अस्पताल प्रशासनबीच सहमति भएको हो। 

सहमति अनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाँउ लमजुङको सुन्दरबजारमा १० वर्षसम्म वर्षमा एक पटक विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर चलाउने, दुरा जातीको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुबै पक्षले सहयोग गर्ने, बिनय गुरुङ उपर दर्ता भएको कसूर मुद्दामा कानूनी रित पुर्‍याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम आजैदेखि स्थगित गर्न दुबै पक्ष राजी भएका छन् ।

श्वासप्रश्वास र ढाड दुख्नेसम्बन्धी बिरामी भएपछि यही असोज ७ गते उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकी ५७ वर्षीया दुराको उपचारका क्रममा भोलिपल्ट दिउँसो मृत्यु भएको थियो। त्यसपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले मणिपाल अस्पतालका चिकित्सकलाई आक्रमण गरेका थिए। त्यसयता दुवै पक्ष आन्दोलनरत थिए। 

उनका आफन्तले चिकित्सकको लापरबाहीले दुराको मृत्यु भएको भन्दै डा. अनिल शाहमाथि हातपात गरेका थिए ।

हेर्नुहोस् सहमति…

प्रतिक्रिया दिनुहोस्