Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

कानुन बमोजिम सञ्चालन नभएका औषधि पसलहरु बन्द गर्ने काठमाडौं महानगरपालिकाको अल्टिमेटम

१० दिनभित्र कानुन बमोजिम सम्पूर्ण कार्य पूरा गर्न सुचना जारी



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा रहेका औषधि पसलहरु कानुन बमोजिम सञ्चालन नगरेमा कारवाही गर्ने चेतावनी दिएको छ ।


महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधि पसलहरुमा अनाधिकृत व्यक्तिहरुबाट औषधि विक्री भइरहेको, चिकित्सकको प्रस्क्रिप्सन बिना औषधि बिक्री वितरण भइरहेको, नार्कोटिक औषधिहरुको प्रचलिन ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधिहरुको आवश्यक अभिलेख नराख्ने गरिएको, गुड फार्मेसी प्राक्टिस अनुसार औषधि पसल व्यवस्थापन नगरिएको, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको पाएपछि सो चेतावनी दिएको हो ।


उपभोक्ताहरुबाट आएको गुनासाका आधारमा महानगरपालिका स्वास्थ्य विभागबाट अनुगमन गर्दा औषधि पसलहरु कानुन बमोजिम सञ्चालन नभएकाले १० दिनभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरु कानुन बमोजिम गर्न सुचना जारी गरेको छ ।


महानगरपालिका स्वास्थ्य विभागद्धारा जारी गरिएको सुचनामा भनिएको छ — औषधि पसलहरुले सुधारात्मक कार्यहरु गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९ तथा काठमाडौं महानगरपालिका जनस्वास्थ्य एने २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्ने सम्मको कारवाही गरिने छ ।

प्रतिक्रिया दिनुहोस्