काठमाडौंका औषधि व्यवसायी र उसका आफन्तलाई फ्रन्टलाइन हस्पिटलमा ३०% सम्म छुटको व्यवस्था (सुविधाको सूची सहित)
औषधिमा १०%, ल्याव टेष्टमा २५%, रेडियोलोजीमा ३०%, वेडमा ३०%, सर्जरीमा २५% छुट
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंका औषधि व्यवसायी र उसका आफन्तले पुरानोबानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखा र फ्रन्टलाइन हस्पिटलबीच आज भएको सम्झौता अनुसार हस्पिटलमा उपचार गर्दा नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको सिफारिसमा सो सुविधा पाउने भएका हुन् ।
![](https://i0.wp.com/nepalhealthnews.com/wp-content/uploads/2023/12/NCDA-and-frontline1-1.jpeg?resize=720%2C372&ssl=1)
औषधि व्यवसायी र उसका परिवारलाई औषधिमा १० प्रतिशत, ल्याव टेष्टमा २५ प्रतिशत, रेडियोलाजी (एमआरआई, सिटी स्क्यान, बीएमटी) एवं एक्सरे, अल्ट्रासाउण्ड, इको, एपिवी, हल्टर, पिटिए, कोलोनोस्कोपीमा ३० प्रतिशत, वेड (आईसियू, क्यावीन र वार्ड) मा ३० प्रतिशत, सर्जरी (माइनर, मेजर) मा २५ प्रतिशतसम्म छुट दिइने छ ।
नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका कार्यवाहक अध्यक्ष एवं महासचिव शुभमान श्रेष्ठ र फ्रन्टलाईन हस्पिटलका क्लिनिक प्रेसिडेन्ट एवं मेडिकल डाइरेक्टर डा. योगेश न्यौपानेबीच सहमतिमा पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा हस्पिटलका डिसिओओ कृष्णबहादुर नेपाली, नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका कोषाध्यक्ष शंकरमान महर्जनलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
![](https://i0.wp.com/nepalhealthnews.com/wp-content/uploads/2023/12/ncda-kathmandu-frontline-hospital.jpg?resize=720%2C1025&ssl=1)
![](https://i0.wp.com/nepalhealthnews.com/wp-content/uploads/2023/12/NCDA-and-frontline-hospital.jpg?resize=720%2C1019&ssl=1)