Logo
|
Sunday 28th April 2024
Logo

epaper

क्यान्सर विजेताहरुले भोगेका समस्या सम्बोधनका लागि नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले राजधानीमा वृहत गोष्टी गर्दै



जनस्वास्थ्य सरोकार काठमाडौं । ‘हेरचाहमा हुने असमानताको अन्त्य गरौं’ भन्ने मुल नाराका साथ आगामी फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइँदैछ ।

यसैलाई दृष्टिगत गरी क्यान्सर विजेताहरुद्धारा सञ्चालित संस्था नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको आयोजनामा फेब्रुअरी ४ मा राज्य र निजी क्षेत्रबाट क्यान्सर बिजेताहरुको समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर राजधानीमा वृहत् गोष्टी हुँदै छ ।

यस कार्यक्रमको प्रमुख अतिथीमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, विशेष अतिथीमा सार्क फेडरेसन अफ अंकोलोजष्टका अध्यक्ष डा. विवेक आचार्य, मुख्य वक्तामा क्यान्सर विशेषज्ञ डा. अरुण शाही र नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीकी अध्यक्ष प्रमिता खनाल, कार्यक्रमको सहजकर्तामा लायन ट्रिजा ढकाल हुनुहुन्छ ।

यसैगरी प्यानलिष्टहरुमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, सार्क फेडरेसन अफ अंकोलोजिष्टका संरक्षक डा. मदनकुमार पिया, सिनियर कन्सल्यान्ट अंकोलोजिष्ट डा.राजेन्द्र प्रसाद बराल, सिनियर कन्सल्यान्ट मेडिकल अंकोलोजिष्ट डा. सुदिप श्रेष्ठ, सिनियिर मनोरोग विशेषज्ञ प्रा.डा. सरोज प्रसाद वझा, सिनियर कन्सल्यान्ट सर्जिकल अंकोलोजी डा. प्रकाश राज न्यौपाने, सिनियर कन्सल्यान्ट रेडियसन अंकोलोजिष्ट डा. गिसुपनिख प्रसिको, नेपाल क्यासर सर्भाइभर सोसाइटिकी उपाध्यक्ष तथा क्यान्सर विजेता पुजा कुँवर हुनुहुन्छ ।

कार्की व्यान्क्वेट बबरमहलमा हुन लागेको यस कार्यक्रमको समन्वय लायन्स क्लव अफ काठमाडौं दिर्घजीवि, मेट लाइफ इन्स्योरेन्स, इनोभेटिभ फाउन्डेसन फर हेल्थ एण्ड रिसर्च (आइएफएचआर) ले गरेका छन् ।

कार्यक्रमको साइन्टिफिक पार्टनरमा फ्रेजिनस कावी रहेको छ । हाल सोसाइटीमा एक सय भन्दा बढी क्यान्सर विजेताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्