Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधिः परीक्षणका लागि बाहिर पठाउनुपर्ने अवस्थाको न्युनिकरण

सिनियर प्याथोलोजिष्ट डा. सुजन शर्मा भन्नुहुन्छ—‘यो अटोइम्युन रोग पहिचानका लागि गोल्ड स्टैण्डर्ड स्क्रिनिङ प्रविधि हो । यसको सेन्सिटिभिटी राम्रो देखिएको छ ।’



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा वाथलगायत अटोइम्युन रोग स्क्रिनिङका लागि भ्यालिडिटेड ‘आईएफए’ प्रविधिको शुरुवात भएपछि परीक्षणका लागि बाहिर पठाउनुपर्ने अवस्थाको न्युनिकरण भएको छ ।

रोग स्क्रिनिङमा राम्रो रिजल्ट देखिन थालेका कारण हालसम्म देशका ३० भन्दा बढी ल्यावहरुले यो प्रविधि प्रयोगमा ल्याइसकेका छन् । नेशनल रिफरेन्स ल्यावोरेटोरीका सिनियर प्याथोलोजिष्ट डा. सुजन शर्मा भन्नुहुन्छ—‘यो अटोइम्युन रोग पहिचानका लागि गोल्ड स्टैण्डर्ड स्क्रिनिङ प्रविधि हो । यसको सेन्सिटिभिटी राम्रो देखिएको छ ।’

आइएफए माइक्रोस्कोपिक स्क्रिनिङ हो । यसमा अटोइम्युन पोजेटिभ वा निगेटिभ जे देखिएपनि क्वान्टिफाइ गर्न भ्यालिडिटेड इलाइजा, क्लिया र पिएमएटी गर्नुपर्छ ।

विश्वमा अटोइम्युन मात्र डायग्नोसिस गर्ने प्रविधि उत्पादन गर्ने गोल्ड स्टैण्डर्ड ३ वटा कम्पनिमध्ये अमेरिकाको वेरफेन इनोभा डायग्नोष्टिक एक हो । टेक्नोवायोमेडले सो कम्पनिको प्रविधि नेपालमा वजारीकरण गरिरहेको छ । अहिलेसम्म नेपालमा वेरफेनको भ्यालिडिटेड आईएफए र एलाइजा प्रविधि भएपनि चाँडै सो कम्पनिको क्लिया प्रविधि भित्र्याउन आवश्यक जनशक्तिलाई ट्रेनिङ दिने कार्य भइरहेको टेक्नोवायोमेड प्रा.लि.का सञ्चालक एवं ल्याव टेक्नोलोजिष्ट महेन्द्र बडुवालले जानकारी दिनुभयो ।

महेन्द्र बडुवाल-सञ्चालक एवं ल्याव टेक्नोलोजिष्ट, टेक्नोवायोमेड प्रा.लि.

विगतमा भ्यालिडिटेड नभएका केही कमसल कम्पनिहरुको थायराइड, भिटामिन डी लगायत हर्मोन जाँच्ने क्लिया विधिबाट अटोइम्युन रोगको जाँच हुँदै आएको थियो । यसबाट परीक्षण गर्दा सही रिपोर्ट आउने वा नआउने भन्ने कुराको निश्चितता हुँदैन । कन्फम गर्न नमुना विदेश पठाउनुपर्दथ्यो । देशमा गोल्ड स्टैण्डर्ड आइएफए प्रविधि भित्रिसकेपछि विगतमा गरिएका कतिपय परीक्षण गलत प्रमाणित भए । शरीरमा अटोइम्युन रोग नभएको देखिएपछि वर्षौदेखि सेवन गरिरहेका बिरामीहरुले औषधि खान नपरेका धेरै उदाहरण पाइन्छ । साथै गोल्ड स्टैण्डर्ड आइएफए प्रविधि शुरु भएपछि करिब १० वर्षदेखि औषधि सेवन गरिरहेका बाथरोगका बिरामीहरुमा परीक्षण गर्दा अटोइम्युन रोग नभएको पाइएको टेक्नोवायोमेडका सञ्चालक एवं वायोमेडिकल इन्जिनियर भुपेन्द्र श्रेष्ठको भनाइ छ ।

भुपेन्द्र श्रेष्ठ-सञ्चालक एवं वायोमेडिकल इन्जिनियर, टेक्नोवायोमेड प्रा.लि.


‘हामीले आईएफएको रिक्वायरमेन्ट भएका स्टैण्ड एलोन र हस्पिटलमा आधारित ल्यावहरुमा कम्पनिबाट डेडिकेटेड साइन्टिष्ट र इम्युनोलोजिष्ट डाक्टरहरु बोलाएर इन्डिभिज्युअल तालिम दिन शुुरु गरेका छौं ।’— सञ्चालक वडुवाल भन्नुहुन्छ—‘हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत नेशनल रिफरेन्स ल्याबोरेटोरी (एनआरएल), नेशनल प्याथ ल्याव (एनपिएल), मेडिसिटी, ग्रान्डी, काठमाडौं प्याथ ल्याव (केपिएल), रिलायवल डायग्नोष्टिक ल्याव, डा. लाल प्याथल्याव नेपाल र चितवन मेडिकल कलेजलका प्याथोलोजिष्ट केन्द्रित इन्डिभिज्युअल ह्यानसोन ट्रेनिङ र वर्कसप गरिसकेका छौ ।’

आइएफए प्रविधि नेपालमा बढ्दो माग भएपनि यसबारे तालिमको व्यवस्था थिएन । टेक्नोवायोमेडले दुईवर्ष अघि नेपालमा बजारीकरण गर्नुपूर्व २ जना प्याथोलोजिष्टलाई तालिमका लागि इन्डिया पठाएको थियो । हालसम्म करिब १० जनाले तालिम लिएर आफ्नो ल्यावमा शुरु गरिसकेका छन् ।


‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ए ग्रेडको ल्यावलाई आईएफए मेन्डेटरी बनाएकाले विगतमा इन्डिया जाने यस प्रकारका परीक्षण रोकिएको छ ।’—सञ्चालक श्रेष्ठ भन्नुहुन्छ— ‘टेक्नोबायोमेडले एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल (एसिपिएन) का विशेष कार्यक्रमहरुमा इन्डियाबाट विशेषज्ञ झिकाएर आईएफए टेक्नोलोजीको प्रयोगबारे वृहतर सेसन दिने गरेका छौं ।’

अटो इम्युन रोगअन्तर्गत कनेक्टिभ टिस्यु डिसअर्डर (सिटिडी), मायोसाइटिस (मसल्सको वाथ), र्युम्याटोआर्थराइटिस (जोर्नीको वाथ), इरिटेवल वायल सिन्ड्रोम (पेटसँगसम्बन्धित वाथ), एन्टी फोस्फोलिपिट सिन्ड्रम (एपिएस), सिलियाक डिजिज, लिभरसम्बन्धित अटो इम्युन डिजिज, भास्कुलाइटिस (नसाहरु सम्बन्धित अटोइम्युन डिजिज) लगायत पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्