Logo
|
Friday 29th March 2024
Logo

epaper

झापा मिर्गौला परीक्षण शिविरः धेरैको पिसाब खराबी



जनस्वास्थ्य सरोकार, झापा । राष्ट्रिय मिर्गौला उपचार केन्द्रले झापामा गरेको निःशुल्क मिर्गौला परीक्षण शिविरमा National kidney centerअधिकांश व्यक्तिमा पिसाबमा खराबी भेटिएको छ । निजामती कर्मचारी श्रीमती संघको आयोजना र सुमेरु अस्पताल धापाखेलको सहयोगमा झापाको गौरिगञ्जमा गत चैत ५ र ६ गते गरेको ४ सय ६५ जनाको मिर्गौला परीक्षण गर्दा १ सय ११ जनाको पिसाबमा खराबी भेटिएको केन्द्रले जनाएको छ । वरिष्ठ मिर्गौला विशेषज्ञ प्रा.डा.ऋषीकुमार काफ्लेले भन्नुभयो–‘यो मिर्गौला रोग लाग्ने शुरुवात्को अवस्था हुनसक्छ ।’

यद्यपी यस्तो समस्या भएकाहरुलाई थप उपचारका लागि केन्द्रले परामर्श दिएको छ । सो शिविरमा केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. काफ्लेको नेतृत्वमा युरोलोजिष्ट एवं मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. नारायण भुषाल, मिर्गौला विशेषज्ञ डा. सञ्जिब आचार्यलगायतका १३ जना चिकित्सक र स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नुभएको थियो । प्रा.डा. काफ्लेको भनाइ छ—‘यस शिविरमा आएका यति धेरै सर्वसाधारणको पिसाबमा खराबी देखिएको यो पहिलो पटक हो ।’ वृहत् अनुसन्धानपश्चात् कारण पत्ता लाग्ने प्रा.डा. काफ्लेको भनाइ छ । सो अवसरमा उच्च रक्तचाप र मधुमेहका नयाँ बिरामीहरु पनि देखिएका थिए भने अधिकांश व्यक्तिको उचाईको आधारमा शारीरिक तौल धेरै भएको पाइएको थियो । यस अघि तनहुँ, रुपन्देही, गुल्मी, चितवन, भक्तपुर, ललितपुर, रामेछाप तथा रसुवाका विभिन्न ठाउँहरुमा निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरेको र यसबाट सयौं व्यक्तिले लाभ लिन सफल भएको केन्द्रका व्यवस्थापक बिमल बरालले जनस्वास्थ्य सरोकारलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्