Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी २०१६ को तयारी पूरा



काठमाडौँ । नेपालमा चिकित्सा विज्ञान तथा प्रयोगशालासम्बन्धि वृहत प्रदर्शनी हुँदैछ । आगामी मंसिर ३० गतेदेखि पुस २ गतेसम्म हुने सोlab-expo प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भइसकेको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजनकहरुले बताएका छन् । सिन्थेसिस् एक्जिविसन्स एन्ड एभेन्ट्स प्रालि नेपाल तथा एसडी प्रोमो मिडिया प्रालि इन्डियाले भृकुटीमण्डपमा सो प्रदर्शनी गर्ने भएका हुन् ।
पत्रकार सम्मेलनमा सिन्थेसिस्का प्रबन्ध निर्देशक राकेश महतोले भने—‘ तीन दिने यस प्रदर्शनीले देश विदेशका मेडिकल र ल्याबका बारे महत्वपूर्ण जानकारी प्रदान गर्नेछ ।’ प्रदर्शनीमा केमिकल्ऽ एण्ड मेडिकल सप्लायर्स एसोसिएसन र नेपाल केमिकल सेसाइटीको सहयोग रहेको यस प्रदर्शनीले प्रयोग, विश्लेषण, वैज्ञानिक र वायोटेक्नोलोजीसम्बन्धी सामग्री र उपभोग्य वस्तुका लागि विशेष मञ्च प्रदान गर्नेछ ।

नेपाल मेडिकल शोले शल्यचिकित्सका सामग्री, उद्धार र आपत्कालीन सामग्री, औषधिजन्य फोहोर, अस्पतालका लागि फर्निचर, अस्पतालका सूचना संयन्त्र प्रदानकर्ता, औषधिजन्य फोहोर व्यवस्थापन, सुविधा व्यवस्थापन र अन्य सेवा प्रदायक कम्पनीलाई एउटै मञ्चमा ल्याउने केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसनका अध्यक्ष भक्त हमालले जानकारी दिनुभयो । प्रदर्शनीमा केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन र नेपाल केमिकल सेसाइटीको सहयोग रहेको यस प्रदर्शनीमा विश्वभरका १५० भन्दा बढी ठूला कम्पनी र ५०० भन्दा बढी ब्रान्डका प्रदर्शनकर्ता सहभागी रहने आयोजकहरुले जानकारी गराए । प्रदर्शनीमा व्यापारिक अगुवा, सरकारी अधिकारी, चिकित्सक, नीतिनिर्माता, उद्योगपति, वैज्ञानिक र अध्ययनकर्तालगायतका व्यक्तिको उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्