Logo
|
Tuesday 26th November 2024
Logo

epaper

जहाँ ३६ हजार घरधुरीलाई शौचालय छैन



झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ । सन् २०१७ भित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहेपनि अझै ३६ हजार घरधुरी शौचालयविहीन छन् ।

खुला दिसामुक्त अभियानमा सहयोग गर्ने साझेदार संस्थाको अभावका कारण अपेक्षाकृत प्रगति हासिल गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सहजकर्ता रुद्र न्यौपानेले बताउनुभयो ।
“चार महिनाभित्र अभियान सम्पन्न गरिसक्नुपर्ने चुनौती छ”, उहाँले भन्नुभयो, “अभियान सम्पन्न गर्न ठूलै चुनौती छ ।” हालसम्म झापाको बुद्धशान्ति गाउँपालिका मात्रै खुला दिसामुक्त भएको उहाँले बताउनुभयो । पहिलेका केही गाविस पनि खुला दिसामुक्त भएपनि स्थानीय तह पुनःसंरचनापछि अन्य गाउँपालिका÷नगरपालिका खुला दिसामुक्त हुन सकेका छैनन् ।

झापालाई सन् २०१७ भित्र खुला दिसामुक्त बनाउने सरकारी लक्ष्य छ । समयावधि चार महिना मात्रै बाँकी छँदा सो लक्ष्य हासिल गर्ने सरकारी प्रयासमा ठूलै चुनौती थपिएको छ । झापामा एकलाख ८१ हजार ७९७ घरधुरी छन् । तीमध्ये एकलाख ४५ हजार ८ सय घरधुरीमा शौचालय निर्माण भइसकेको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्