Logo
|
Friday 17th May 2024
Logo

epaper

आमा सुरक्षा कार्यक्रम प्राथमिकतामा : उपप्रधानमन्त्री यादव



उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले आमा सुरक्षा कार्यक्रममार्फत नेपालले मातृ तथा नवजात शिशु स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

स्वास्थ्यसम्बन्धी साझेदारी बैठकलाई भारतको नयाँ दिल्लीमा आज सम्बोधन गर्दै उहाँले पछिल्लो समय नेपालले समग्र स्वास्थ्यका कार्यक्रममार्फत मातृ तथा नवजात शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार गरेको जानकारी दिनुभयो ।

मन्त्री यादवले सबैका लागि स्वास्थ्य भन्ने नारालाई पूरा गर्न स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन र नसर्ने रोग न्यूनीकरणमा प्राथमिकता दिइएको चर्चा गर्दै बहुक्षेत्रीय समन्वयले मात्र स्वास्थ्यको उपलब्धि आउने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधानमन्त्री यादवकाबीच द्विपक्षीय भेटघाट भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्