Logo
|
Friday 17th May 2024
Logo

epaper

यौन शिक्षालाई प्राथमिकतामा राख्न सञ्चारजगतलाई सुझाव



यौन शिक्षा युवा पुस्तामा पु¥याउन ठूलो चुनौतिको विषय बनेको छ । यसप्रति पत्रकारहरुले विशेष ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् ।

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) र युनेस्को नेपालको संयुक्त आयोजनामा मकवानपुर जिल्लाको दामनमा हालै भएको ‘यौनिकता शिक्षालाई ब्यापक बनाउन पत्रकारको भूमिका’ विषयक दुईदिने अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीका वक्ताहरुले सो सुझाव दिएका हुन् ।

त्रि.वि. चिकित्सा शास्त्रका अध्ययन संस्थानका प्रा.डा. खेम कार्कीले आम जनमानसमा यौनिकता भन्ने बित्तिकै ‘सेक्स’ भन्ने बुझाई भएको जानकारी गराउँदै भन्नुभयो— ‘यौनिकताभित्र मानवको जैविक, सामाजिक, साँस्कृतिक, व्यवहारिक, मनोवैज्ञानिक ,चिकत्सकीयलगायतका विविध विषयहरू समेदिने हुनााले यसलाई विशेष ख्याल राखेर पत्रकारहरुले समाचार सम्प्रेषण गर्नुपर्छ ।’

यौनिकता मानिसको यौन तथा प्रजननसँग सम्बन्धित विषय भएकाले यस बिषयलाई सङ्कुचित रूपबाट नहेर्न डा. कार्कीले सुझाव दिनुभयो ।

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार धमेन्द्र झाले यौनिक र लैंगिकतामा आधारित हिंसासम्बन्धि खोजमुलक समाचार बाहिर ल्याउन सञ्चार जगतलाई आग्रह गर्नुभयो । ‘राज्यले तेस्रो लिंगीलाई भूलेको छ ।’— पत्रकार झाले भन्नुभयो—‘ नेपाल सरकारले हरेक जनगणनामा तेस्रो लिङ्गीको संख्या सार्वजनिक गरेको छैन ।’

उहाँले महिलाहरुलाई घरायसी काममा मात्र सिमित राख्न नहुने समेत सुझाव दिनुभयो । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) का अध्यक्ष प्रकृति अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यशालागोष्ठीमा युनेस्कोका प्रतिनिधिलगायत एक दर्जनभन्दा बढी सञ्चारकर्मीहरुको स हभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्