Logo
|
Friday 29th March 2024
Logo

epaper

दुःखाई कम गर्ने औषधि सेवनले मिर्गौला विफल ! पेनकिलरका बेफाइदा



के तपाईले सामान्य दुःखाई महशुस हुँदा पनि पेन किलक (दुःखाइ कम गर्ने औषधि) सेवन गर्ने बानी बसाल्नुभएको छ ? होस् पुर्यानुहोस् है ! सामान्य दुःखाइमा पेन किलर सेवन स्वास्थ्यका लागि हानीकारण सवित हुन सक्छ । यसले विभिन्न किसिमका शारीरिक समस्या निम्त्याउन सक्छ ।

दुःखाई कम गर्ने औषधि विभिन्न किसिमका हुन्छन् । बजारमा एनएसएआइडी ग्रुपका पेनकिलरहरु सजिलै किन्न पाइन्छ । यस ग्रुपभित्र प्रुफिन, डिक्लो, निम्स लगाएतका औषधिहरु पर्दछन् । यस्ता औषधि लामो समयसम्म सेवन गरेमा यसले मिर्गौलालाई पुर्णरुपमा क्षति पुर्याउन सक्दछ । पेनकिलरको असर वयस्क उमेरमा त्यति देखिदैन । तर ३५—४० वर्ष कटेपछि मधुमेह, कोलेस्टेरोल र उच्च रक्तचाप जस्ता दीर्घरोगहरुले सताउन थाल्दछ । उमेर बढ्दै जाँदा दुखाईकम औषधिको असर पनि बढ्दै जान्छ ।

यस्ता औषधिले शरीरभित्र एलर्जीक असर निम्त्याउँछ ।

यो जुनसुकै उमेर समुहका मानिसलाई पनि हुनसक्छ । चिकित्सकको सल्लाह बिना यस्ता औषधि लामो समयसम्म सेवन गर्नुहुँदैन । ज्वरो आएको बेला यसैपनि रक्तचाप न्युन भइरहेको हुन्छ । मिर्गौलाले राम्रोसँग काम गर्न सक्दैन । यस्तो अवस्थामा आवश्यकता भन्दा बढी पेनकिलर सेवन गरियो भने गम्भिर समस्या निम्तिन सक्छ । विशेषगरी मुटु रोगीले पेन किलर सेवन गर्दा विशेष सावधानी अपनाउनुपर्दछ । उनीहरुको मुटुको काम गर्ने क्षमता कम हुन्छ ।

यदि उनीहरुले पेन किलर सेवन गरेमा शरीरमा पानी र नुनको मात्रा बढ्न गई मुटुलाई काम गर्न झनै गाह्रो हुन्छ । जसले गर्दा मानिस अचानक सुन्निने र श्वासप्रश्वासमा समस्या देखिन्छ ।

मुटु रोगीहरुले पेनकिलर खानै परेमा चिकित्सकसँग परामर्श लिएर ओपिएट ग्रुपको औषधि सेवन गर्न सक्छन् । ट्रमाडोल नामक औषधि बजारमा सजिलै किन्न पाइन्छ । यसले कुनै हानी गर्दैन । दीर्घरोगीहरुले पेनकिलर खाँदा विशेषख्याल पुर्याउनुपर्छ । एक्टिभ इन्फेक्सन जस्तै, ज्वरो, न्युनरक्तचाप, झाडापखाला र वान्ता भइरहेको अवस्थामा पेनकिलर सेवन गर्नुहुँदैन ।  (डा. उप्रेती इन्टरनल मेडिसिन विशेषज्ञ हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्